स्वान्सी सिटीमाथि म्यान्चेष्टर सिटीकाे सानदार जित, सम्मानमा गार्ड अफ अनर



काठमाडौं ।  इंग्लिस प्रमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले स्वान्सी सिटीलाई पाँच शून्यले पराजित गरेकाे छ । आइतबार राति भएकाे खेलमा प्रिमियर लिग लिडर सिटीलाई ठूलो अन्तरले जिताउन डेभिड सिल्भा, स्टिर्लिङ, डे ब्रुयन, बर्नार्दौ सिल्भा र जेससले गोल गरे ।

यसअघि नै प्रतियोगिताको उपाधि जित्ने निश्चित भइसकेको सिटीले ३४ खेलबाट ९० अंक बनाएको छ । त्यति नै खेलबाट दोश्रो स्थानको म्यान्चेष्टर युनाइटेडको ७४ अंक छ ।

 

शनिबार राति हात परेको फराकिलो अन्तरको जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो ध्यान उपाधि जित्नेमा मात्र नभई कीर्तिमान बनाउनेमा केन्द्रीत भएको बताएका छन् ।

 

प्रिमियर लिगको उपाधि तेस्रोपटक जित्ने निश्चित भएपछिको पहिलो खेलमा सिटीको टीमलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

 

प्रिमियर लिगमा चेल्सीले सन् २००४–२००५ को सिजनमा चेल्सीले धेरै अंक सहित जित्ने टीम बनेको थियो । सिटीको ध्यान त्यो कीर्तिमान तोड्नेमा रहेको प्रशिक्षक ग्वार्डिओलाले संकेत गरेका हुन् ।

 

सिटीले प्रतियोगितामा अब ४ खेल खेल्न बाँकी छ । चेल्सीको कीर्तिमान तोड्न सिटीले ४ खेलमा ६ अंक जोड्न सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्