भ्रममा नपर्नु



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसले भारतलाई कुनै भ्रममा नपर्न बताउँदै पाकिस्तान आफ्नो सुरक्षा गर्न जानेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ सम्मेलनका क्रममा लन्डनमा भएको एक कार्यक्रममा पाकिस्तानमा सन् २०१६ मा गरेको कथित सर्जिकल स्ट्राइकका बारेमा बोलेका थिए। पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफले पनि मोदीको बयानलाई लिएर कडा आपत्ति जनाएका छन्। उनले भारतीय प्रधानमन्त्रीको सर्जिकल स्ट्राइकको दाबी जनताको समर्थन हासिल गर्ने एक तरिका मात्र भएको बताए।

प्रतिक्रिया दिनुहोस्