नांगो व्यक्तिद्वारा गोलीको वर्षा



नासभिल्ले, (एजेन्सी)
अमेरिकाको टेन्नेसेको नासभिल्लेको वाफल हाउसमा एक नांगो बन्दुकधारीले जथाभावी गोली चलाउँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ। उपनगर एनिटओकमा स्थानीय समयअनुसार शनिबार बिहान ३ बजेर २५ मिनेट जाँदा एउटा रेस्टुरेन्टमा छिरेर ती व्यक्तिले एउटा राइफलबाट गोली चलाउँदा अन्य चार जना घाइते भएको बताइएको छ।

त्यहाँ रहेका एक जना ग्राहकले उनको राइफल खोस्न खोजेपछि ती अज्ञात व्यक्ति घटनास्थलबाट भागेका थिए। ती व्यक्तिको प्रहरीले व्यापक खोजी गरिरहेको छ। प्रत्यक्षदर्शीले गोेरा जातिका ती आक्रमणकारीको केश छोटो भएको बताएका छन्।
उनलाई पछिल्लोपटक मसफ्र्री स्वारो पायकको दक्षिण भागमा हिँडिरहेको अवस्थामा देखिएको थियो। उनले एआर–१५ राइफल बोकेका थिए। अमेरिकामा प्रयशः आम नरसंहारकर्ताले यही राइफल प्रयोग गर्दै आएका छन्।

गत वर्षको अक्टोबरमा लास भेगासमा ५८ जनाको र फ्रेबुअरीमा फ्लोरिडाको एउटा स्कुलमा १७ जनाको ज्यान लिने गरी भएको आक्रमणमा पनि यही हतियारको प्रयोग भएको थियो। फ्लोरिडामा विद्यार्थी र शिक्षक तथा कर्मचारी मारिएपछि अमेरिकामा बन्दुकमाथिको नियन्त्रणलाई लिएर ठँलो बहस भएको थियो।

प्रतिक्रिया दिनुहोस्