एनएफडीसी अवार्ड १३ गते



एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको छैठौं संस्करण एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ आगामी वैशाख १३ गते बिहीबार राजाधनीमा हुने भएको छ। २३ विधामा प्रदान गरिने यो अवार्ड समारोह यस वर्ष राजधानीको बौद्धस्थित होटल हायतमा हुने आयोजक नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)ले जनाएको छ।

अवार्डको तयारीलाई अगाडि बढाउने क्रममा अवार्डअन्तर्गतको मनोनयन सूची शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। २०७४ वैशाख १ गतेदेखि २०७४ चैत मसान्तसम्म नेपालका कम्तीमा ५ हलमा व्यावसायिकरूपमा प्रदर्शनमा आएका ८३ फिल्म तथा तिनमा संलग्न कलाकार र प्राविधिकलाई एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल गरिएको छ।

१६ विधाबाट शुरू भएको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार यो वर्षदेखि कुल २३ विधामा प्रदान गरिनेछ। अवार्डमा २०७१ सालमा ४, गतवर्ष एक र यस वर्ष २ विधा थप गरिएको हो। प्रत्येक विधाको अवार्ड नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याउने स्वर्गीय र जीवित फिल्मी हस्तीका नाममा नामकारण गरिएको अवार्डमा यस वर्ष थप गरिएका विधाहरू पनि कलाकर्मीकै नाममा नामकरण गरिएका छन्। जसअनुसार निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माको सम्मानमा लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद तथा गीतकार किरण खरेलको सम्मानमा किरण गीतकार राष्ट्रिय चलचित्र पुरस्कार नामकरण गरिएको कम्पनीले जनाएको छ।

२३ विधामा प्रदान गरिने अवार्डमा २० विधाका लागि संयोजकसहित ३ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्मबाट मनोनयन सूची सार्वजनिक गरिएको छ। संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेको निर्णायक मण्डलमा छायाकार मञ्जुकुमार श्रेष्ठ, साउन्ड इन्जिनियर प्रदीप उपाध्यााय र चैत्यदेवी सिंह सदस्य रहेका छन्।

यो अवार्डमा यस वर्ष फिल्म विधामा छक्का पञ्जा टु, भुइँमान्छे, प्रेमगीत टु, शत्रु गते र लिली बिली मनोनयमा परेका छन्। निर्देशक तथा नायकनायिकाबीच पनि यिनै फिल्मबाट टक्कर हुने भएको छ। छक्का पञ्जा टुबाट दीपाश्री निरौला, भुइँमान्छेबाट नवराज बुढाथोकी, प्रेमगीत टुबाट रामशरण पाठक, शत्रु गतेबाट प्रदीप भट्टराई र लिली बिलीबाट मिलन चाम्स निर्देशक विधाको मनोनयनमा छन्।

त्यसै गरी नायकतर्पm लिली बिलीबाट प्रदीप खड्का, त्यान्द्रोबाट दयाहाङ राई, कृबाट अनमोल केसी, म यस्तो गीत गाउँछुबाट पल शाह र मंगलमबाट पुष्पल खड्का प्रतिस्पर्धामा छन् भने नायिकातर्पm ए मेरो हजुर टुबाट साम्राज्ञी राज्यलक्ष्मी शाह, पञ्चायतबाट नीता ढुंगाना, मंगलमबाट शिल्पा पोखरेल घामपानीबाट केकी अधिकारी र ब्लाइन्ड रक्सबाट बेनिषा हमाल स्पर्धामा छन्। सहअभिनेतातर्पm कृबाट अनुपविक्रम शाही, ऐश्वर्याबाट प्रशान्त ताम्रकार, ए मेरो हजुर टुबाट सलोन बस्नेत, घामपानीबाट अंकित खड्का र तिमीसँगबाट नाजिर हुसैनबीच टक्कर देखिएको छ भने सहअभिनेत्रीतर्फ ऐश्वर्याबाट केकी अधिकारी, ब्लाइन्ड रक्सबाट गौरी मल्ल, मंगलमबाट मिथिला शर्मा, छक्का पञ्जा टुबाट प्रियंका कार्की र पर्वबाट माला लिम्बुबीच स्पर्धा हुने भएको छ।

त्यस्तै नवनायकतर्पm ग्याङस्टार ब्लुजबाट आशिषरमण जोशी र अनुपम शर्मा, ए मेरो हजुर टुबाट सलिनमान बानियाँ, छक्का पञ्जा टुबाट स्वरूपपुरुष ढकाल र रानीबाट शाहरूख ताम्रकार मनोनयमा छन् भने नवनायिकातर्पm लिली बिलीबाट जसिता गुरुङ, कृबाट अदिती बुढाथोकी भुइँमान्छेबाट सिपोरा गुरुङ, ऐश्वर्याबाट दीपिका प्रसाईं र रुद्रबाट सारा सिरपाली मनोनयनमा छन्।

२० विधामा प्रतिस्पर्धा हुने अवार्डमा ३ विधामा भने अप्रतिस्पर्धीरूपमा अवार्ड प्रदान गर्ने गरिन्छ। जसअनुसार अवार्डमा सहभागी फिल्म, निर्माता, निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञमध्ये एकजनालाई ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यको नाममा नामकरण गरिएको मह जुरी अवार्ड प्रदान गरिनेछ। त्यसै गरी एकजना चलचित्र पत्रकारलाई नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठका नाममा नामकरण गरिएको पुष्कर पत्रकारिता पुरस्कार र वर्षभरिमा सर्वाधिक कमाइ गर्ने फिल्मलाई कुसुमेरुमाल व्यावसायिक चलचित्र
पुरस्कार दिइनेछ।

प्रतिक्रिया दिनुहोस्