ईक्यानको अध्यक्षमा पाण्डे



नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई पराजित गरी विजयी भएका हुन्।ईक्यानको प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष्यमा महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल र देवीदास भट्टराई विजयी भएका छन्। त्यस्तै महासचिव पदमा शेषराज भट्टराई विजयी भएका छन्। सचिवमा दीपकराज भुसाल र विक्रम केसी विजयी भएका छन्। कोषाध्यक्ष र सहकोषाध्यक्षमा गोविन्द अधिकारी र निरुपमा महर्जन विजयी भएका छन्। सदस्यमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण (बिके) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिताथा श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्