महिन्द्रा ई २० प्लस विद्युतीय गाडी प्राधिकरणमा



bty

नेपाल समाचारपत्र
काठमाडौं
भारतको विद्युतीय सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले नेपाली बजारमा विगत ५ वर्षदेखिे विद्युतीय कारहरू प्रस्तुत गर्दै आएको छ।

यसै क्रममा महिन्द्राका गाडी नेपाल विद्युत प्राधिकरणले प्रयोग गर्ने भएको छ। अग्नि इनर्जीद्वारा नेपाल विद्युत प्राधिकरणका राजीव शर्मा (उपप्रबन्ध निर्देशक) तथा गोपालकुमार लोहिया (निर्देशक) लाई महिन्द्राको महिन्द्रा ई २० प्लस पी ८ मोडेल को गाडी हस्तान्तरण गरिएको थियो। हरियालीतथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई प्रतिस्थापित गरी सरकारी क्षेत्रबाट महिन्द्रा विद्युतीय गाडीको प्रयोग गर्ने नेपाल विद्युत प्राधिकरण पहिलो भएको छ।

महिन्द्राका गाडी गैरसरकारी संस्थामा पनि विशेष रोजाइमा पर्दछन्।नेपालमा हालसम्म ४० भन्दा बढी ई २० गाडी गैरसरकारी संस्थाले प्रयोग गर्दै आएका छन्।यसलाई एकपटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रतिघण्टाको दरमा कुद्न सक्छ।

सरकारी क्षेत्रबाट विद्युतीय गाडीको प्रयोग गरिनुले डिजेल र पेट्रोलबाट हुने वायु प्रदुषणले देशमा पु¥याएको वातावरणीय असरलाई केही हदसम्म सहयोग पुग्ने कम्पनीको विश्वास छ। अब केवल सडक करमात्र छुट दिएर नभई सरकारी क्षेत्रबाट नै विद्युतीय गाडीमा अन्य कार्यहरूको प्राविधिक कार्यको सहयोग गर्न विशेष पहल गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्