“अध्यागमन क्षेत्रमा व्यापारिक विज्ञापन नराख”



नेपाल समाचारपत्र
काठमाडौं
विमानस्थलमा राखिने विज्ञापनको मापदण्ड र नीति तयार गर्न गठित कार्यदलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा व्यापारिक विज्ञापन नराख्न सुझाव दिएको छ। कार्यदलको प्रतिवेदनमा देशको संवेदनशील क्षेत्र मानिने विमानस्थलको अध्यागमन क्षेत्रमा यस्तो व्यापारिक विज्ञापन नराख्न सुझाव दिएको हो।
उक्त सुझावपछि पर्यटक तथा यात्रुलाई कुनै खालको वितृष्ण पैदा नहोस् भनेर नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक विज्ञापनलाई अध्यागन क्षेत्रबाट हटाउने तयारी थालेको छ।

प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा चार सदस्यीय कार्यदलमा रहेका त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीसहितको कार्यदल गठन गरेको थियो। कार्यदलले जनचेतनामुलक विज्ञापनलाई सरकारबाट स्वीकृत भएमा निःशुल्क राख्न सुधmाव दिएको छ। कार्यदलले विमानस्थलको अन्य कुन–कुन ठाउँमा विज्ञापन राख्दा उपयुक्त हुन्छ पहिचान गर्नको लागि विमानस्थललाई नै जिम्मा दिने भनेको छ। कार्यदलले एउटा क्षेत्रमा एकै प्रकारको एकभन्दा बढी विज्ञापन राख्न नहुने।

९० प्रतिशत व्यावसायिक विज्ञापन र १० प्रतिशत देशको पर्यावरणीय झलक दिने विज्ञापन हुनुपर्ने, विमानस्थलको गेटदेखिनै वर्गीकरण गरी टेन्डर आह्वान गरेर विज्ञापन दिनुपर्ने सुझाव समेटिएको कार्यदलका संयोजक निरौलाले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक वा यात्रु ओर्लिना साथ नेपाली र नेपालको पहिचान गराउने खालको नेपाली तस्वीर राखिने तयारी भएको विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले बताउनुभयो। विमानस्थलमा सम्झौता गरी यसअघि राखिएका व्यापारिक विज्ञापनमध्ये सम्झौता पूरा भएका विज्ञापनको नवीकरण नगर्ने र नयाँ विज्ञापन नीतिअनुसार विज्ञापन राख्दै जाने तयारी रहेको छ।

कार्यदलले दिएको नीतिकै आधारमा देशका अन्य विमानस्थलमा पनि राखिँदै जाने योजना रहेको छ। यसरी राखिने विज्ञापन प्रायः पर्यटन प्रवद्र्धन गर्न प्रेरित गर्ने खालको हुनेछ।

विज्ञापनले विमानस्थलको सौन्दर्यतामा नयाँ आयाम ल्याउने आशा गरिएको छ। क्षत्रीले भन्नुभयो–‘यसबाट विमानस्थलको स्वरूप र सौन्दर्यतामा फरक आउनेछ।’

प्रतिक्रिया दिनुहोस्