युनाईटेड र चेल्सी फाइनलमा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर यूनाइटेड र चेल्सीले एफए कपको फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउथह्यामप्टनलाई २–० ले पराजित गरेपछि उपाधिका लागि यूनाइटेडसँग भेट पक्का गरेको हो । चेल्सीलाई जित दिलाउन गिरौद र मोरटाले एक–एक गोल गरेका थिए ।

यसअघि शनिबार राति भएको पहिलो सेमिफाइनलमा टोटेनह्याम हटस्परलाई २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेडले पनि एफए कपको फाइनलमा स्थान पक्का गरेको थियो । यी दुईबीच फाइनल आगामी शनिबार बेम्ब्लेमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्