कार दुर्घटनामा सांसदसहित ८ जनाको मृत्यु



अमान । जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

सांसद र उहाँका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । दुर्घटनामा  सांसद अमाम्रेह उहाँका श्रीमती, तीन छोराछोरी र श्रीमतीको भाई मारिएका छन ।

त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ । जोर्डनको दक्षिण सहर मआनका सेनाका पूर्वकर्णेल र हालका साँसद अमाम्रेहको मृत्युको जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गर्नुभएको छ ।

जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७ सय ५० व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्