३३ केजी सुन काण्डमा संलग्न रहेका पूर्व डिआईजी निरौला पक्राउ



काठमाडौ । दुवइबाट अबैध रुपमा ३३ किलो सुन भित्रिएको र उक्त सुनको भरियाको रुपमा रहेका सवनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पूर्व डिआईजी गोबिन्द निरौललाई पक्राउ गरेको छ ।
उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव इश्वर घिमिरेको टोलीले पूर्व डिआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन ।

प्रतिक्रिया दिनुहोस्