‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी एकता मुख्य आधार’



काठमाडौं । नेपाल समृद्ध, समतामूलक समाज निर्माणको अन्तिम चरणमा रहेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

कम्युनिष्ट स्थापना दिवशको अवसरमा काठमाडौंको सभागृहमा बोल्दै ओलीले पार्टी एकताको विकल्प नभएको बताउनु भएको छ । राष्ट्र निर्माणका संकल्पहरु पुरा गर्दै आफ्नो उचाइमा पुगेको नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी एकता मुख्य आधार भएको उहाँको भनाई रहेको छ ।

दुनियामा कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हल्ला चलिरहेका बेला आफ्नो सिद्धान्तमा अडिक भएर नेपालजस्तो मुलूकमा यो आन्दोलन सफल भएको आजको दिन हेर्न रहेको ओलीले बताउनु भयो ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा आधारभुत मुल्यमान्यताका आधारहरु प्रस्तुत गरिएको स्मरण गर्दै ओलीले समाजलाई सम्मुनत ढंगले अगाडी बढाउने, तानाशाही तन्त्रको अन्त्य गर्ने, लोकतन्त्रको स्ंस्थागत गर्ने, देशलाई समृद्धिको बाटोमा लैजाने बिषयलाई समेटिएको उल्लेख गर्नुभयो ।

अहिले मजबुद र बलियो हुँदा पनि प्रतिक्रियावादी तत्वहरुले औंलो ठड्याउन पछि पर्दैनन् भने स्थापनामो बेलाको हालत सम्झन उहाँले सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्