‘अब मैले र केपी ओलीले अलिकति पनि केही गरेँ जनताले छुट दिने छैनन्’



काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबीच आज हुने भनिएको पार्टी एकता प्राविधिक कारणवश धकेलिएको दुबै दलका नेताले बताएका छन् ।

 

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताए ।

 

पार्टी एकताका लागि अन्तिम तयारी भइरहेको छ । तर, एकता घोषण गर्न भने केही ढिलाइ पक्कै भएको हो । पार्टी एकतापछि हामीले दह्रो नेतृत्व बनाउन लाग्दा लाग्दै हामी ढिला गर्यौं । कम्युनिस्ट आन्दोलन विश्वव्यापी हो, चीन र सोभियत संघ पनि कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको मुलुक हो ।

‘दुवै ऐतिहासिक लडाइँ लडेका पार्टी हौं हामी । जनयुद्धबाट शान्तितर्फ धकेल्न एमाले र नेकपा माओवादी बारबार वार्ता गर्याैं । यदि लामो वार्ता हुन्थेन भने १२ बुँदे सम्झौता कार्यान्वानमा ल्याउन सकिँदैनथ्यो । अब हामीले देशलाई राजनीतिक अस्थिरता र निरंकुशतामुक्त गर्न छिट्टै पार्टी एकता घोषणा गर्दै छौं ।

 

२०४६ सालमा पनि कम्युनिस्टहरूबीच पार्टी एकताको हल्ला भएको थियो । इतिहासका यस्तै कडीहरू सम्झेर हामी पार्टी एकता गर्न लागेका हौं । ’

उनले थप्दै भने, ‘ हामी अरू कम्युनिस्टहरूलाई पनि एकताका लागि बोलाउँछौं । असोजमा भएको हाम्रो सम्झौतामा जनताले खुसीका रुपमा साटे । अब हामी त्यसलाई सार्थक रुप दिँदै छौं । अब मैले र केपी ओलीले अलिकति पनि केही गरेँ जनताले छुट दिने छैनन् । ’

 

प्रचण्डले मिडियालाई जिस्काउँदै भने “ नेपाली मिडिया कस्ता छन्, मलाई राम्ररी थाहा छ । एमाललेलाई  त्यो सिध्धीन लागेको माओवादीसँग एकता गरेर के फाईदा छ ? भन्दै उक्साएका छन् । ”

पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उनले नतोकिएको दिन पार्टी एकता हुने बताए । संगठन, नीति लगायतका विषयमा निष्कर्ष्तिर पुगेको र हिजो मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताए ।

प्रतिक्रिया दिनुहोस्