कम्युनिष्ट पार्टी स्थापनाकै दिन एमाले माओदी किचलो



काठमाडौं । नेकपा एमाले र नेकपा माओबदी केन्द्रबीच ब्यानरको विषयलाई लिएर लफडा भएको छ । ब्यानरको विबादका कारण अहीले कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थलमा टाँगिएको ब्यानर हटाईएको
छ ।

पार्टी एकता संयोजन समितिद्धारा आयोजित कार्यक्रम १२ बजेको लागि निर्धारण गरिएको थियो । तर शिर्श नेताहरु समयमा उपस्थित नभएपछि ब्यानरको विषयलाई लिएर नेकपा माओबदी केन्द्रका कार्यकर्ताहरुले हुटीङ र नाराबाजी गरेका थिए ।

अहीले माओबादी केन्द्रका कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ ।

ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखेपछि नाराबाजीमा उत्रेका थिए ।

विरोधका कारण ब्यानर नै निकालिएको हो । १२ बजे सुरु हुने भने पनि अहिलेसम्म कार्यक्रम सुरु भएको छैन ।

लेनिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रममा मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएको हो ।

पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्