एमाले नेता हत्या प्रकरणः प्रहरी महानिरीक्षक निकट डिएसपी मनोज पुनका सुराकी



काठमाडौं । २०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारीको हत्या, पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्या र निमार्ण ब्यबसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा समेत संलग्न मनोज पुनको सुराकीमा प्रहरी महानिरीक्षक निकट डिएसपी संलग्न भएको खुलेको छ ।

रुपन्देहीका एमाले निकट ब्यबसायी बलु पौडेल (बसन्त) को हत्या गरेका मनोज पुनले एमाले नेताकै सहयोगमा उनिहरुको हत्या गरेको खुलेपछि पक्राउ परेकाहरुले भटाभट नाम पोल्न शुरु गरेका छन ।

एमाले नेताको हत्यामा ईलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रमुख डिएसपी मुकुन्द मरासीनी र पवन भट्टराई सम्मको मिलोमतो रहेको रहस्य खुलेको हो ।

कुख्यात गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका केन्द्रिय सदस्य सुजु मल्लकी श्रीमती सिर्जना ताम्राकार मल्लले आज पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्ना श्रीमानलाई धम्की दिंदै सुचना लिने गरेको बताएकी छन । सूचना नदिए परिवार सिध्याईदिने भन्दै उनले ब्यापारीको फोन नम्बर र सुचना लिने गरेको उनले बताएकी हुन ।

आफ्नो श्रीमानले सो कुराको जानकारी गराउँदा समेत प्रहरीले त्यतिबेला कानमा तेल हालेर बसेको आरोप लगाएकी छिन ।

मनोजले फोन गरेर सुजु र परिवारलाई सिद्धाई दिन्छु भने पछि केही व्यक्तिको सुचना दिएको र त्यसबारे ततकाल नै ईलाका प्रहरीकार्यालय बुटवलका तत्कालिन प्रमुख डिएसपी मुकुन्द मरासीनी र पवन भट्टराई जानकारी गराएको सिर्जनाको दाबी रहेको छ ।

आफ्नो र परिवारको सुरक्षाका लागि केही व्यक्तिको सुचना दिन बाध्य भएको सिर्जनाले पत्रकार सम्मेलनमा बताएकी छिन ।
सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् ।

पार्टीले समेत सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै साधारण सदस्य पनि नरहने गरी निस्कासन गरेर अन्याय गरेको उनको गुनासो रहेको छ ।

प्रहरीले मनोज पुनका विशेष सहयोगीहरु रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेको छ ।

गत २१ चैतमा मनोज पुनको निर्देशनअनुसार देवदहका व्यापारी वसन्त पौडेल हत्याका प्रमुख सुटर पोखराका सुभाष गुरुङलाई सार्वजनिक भएसँगै संलग्नहरु भटाभट पक्राउ पर्न थालेपछि डरलाग्दो कनेक्सन बाहीर आएको हो । प्रहरीले गुन्डा नाइके पुनका मुख्य सहयोगीलाई धमाधम पक्राउ गरीरहेको छ ।

मनोज पुनको सहयोगीका रूपमा रूपन्देही र यस आसपासमा गुन्डागर्दी तथा चन्दा आतंक मच्चाउँदै आएको अभियोगमा एमाले र माओवादीका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । बुटवल–७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपाने प्रहरीको फन्दामा परेका थिए ।

प्रहरीले बुटवल–४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिईसकेको छ । पक्राउ परेकाहरूले राजनीतिक आवरणमा रहेर चन्दा असुली र हत्यामा संलग्न रहेको तथ्यको आधारमा आरोपीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताउँदै आएको छ ।

प्रहरीले पक्राउमा परेकाहरूले मनोज पुनको सहयोगीको रूपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये उत्तम आचार्य एमाले कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पक्राउ परेकाहरूले मनोजलाई व्यवसायीहरूका बारेमा सूचना दिने गरेको अभियोग छ ।

पुनको योजनामा भएको रूपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्यामबहादुर गोङ्बे, शालिकराम चापागाईं, पारस भट्टराईलगायत १८ जनालाई प्रहरीले पक्राउ गरेपछि हाल उनीहरू जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्