संसारकाे सबैभन्दा ज्येष्ठ व्यक्तिकाे निधन



 

अस्वस्थ भएर जनवरीदेखि अस्पतालमा उपचाररत उनको शनिबार राति आठ बजेतिर निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

नबीको जन्म सन् १९०० अगस्ट ४ मा भएको थियो । उनका शाखा सन्तान गरी एक सय ६० भन्दा बढी सदस्य थिए । उनको घर दक्षिणी जापानको क्युशुमा कागोशिमा प्रान्तमा थियो ।

 

करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबीलाई संसारकै जेठो व्यक्तिको पगरी दिइएको थियो। वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो ।

 

अमेरिकास्थित ‘गेरोनोलजी रिसर्च गु्रप’ का अनुसार नबीको निधनपछि अब जापानकै महिला शियो योशिदा विश्वको जेठो व्यक्ति बनेकी छन् उनको उमेर एक सय १६ वर्ष छ ।

प्रतिक्रिया दिनुहोस्