आज राति १ बजेदेखि नेपाली आकाशमा उल्का वर्षा



काठमाडौँ । आइतबार राति १ बजेदेखि नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।

आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न र देख्न सकिनेछ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले उल्लेख गरेका छन् ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने खगोलविद् सुरेश भट्टराईले बताएका छन ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्