राइफलको गोली र लागुऔषधसहित एक जना पक्राउ



उदयपुर । त्रियुगा नगरपालिका–६ जलजलेका ३२ वर्षीय गणेश चौधरी राइफलको गोली र लागुऔधषसहित पक्राउ परेको छन्। शनिबार राति प्रहरीले चाैधरीको घरमा खानतलासी गर्दा गोली र लागुऔषध भेट्टाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

गोप्य सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा उक्त वस्तु फेला परेका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । ‘सूचना पाएअनुसार राइफल समेत छ भन्ने छ,’ एसपी भट्टले भने, ‘पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं।’

पक्राउ परेका चौधरीको घरबाट ३०३ थान राइफलको गोली, लागुऔषध नोफिन एक, फेनेरागन एक, डाइजाल्याब एक एम्पुल, मोबाइल नौ थान, एउटै व्यक्तिको नागरिकता तीन थान, सिरिञ्ज एक थान,  रबरको स्ट्याम्प छाप एक थान बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्