त्रियासी वर्षीय अमेरिकी कैदीलाई मृत्युदण्ड



एटमोर, अलावामा, (एजेन्सी)
सन् १९८९ मा अमेरिकामा दक्षिणी आतंक फैलिरहेका बेला मेल बम प्रयोग गरी एक जना संघीय न्यायाधीशको ज्यान लिएको अभियोग लागेका अलवामाका एक कैदीलाई बिहीबार विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइएको छ। अमेरिकाको आधुनिक इतिहासमा मृत्युदण्ड पाउने ८३ वर्षीय वाल्टर लिरोय मुडी जुनियर सबैभन्दा पाको उमेरका व्यक्ति भएका छन्।

उनलाई एटमोरस्थित अलावामा कारगारमा साँझ ८ बजेर ४२ मिनेट जाँदा मृत घोषित गरिएको थियो। मृतयुदण्ड दिइनु केही समयअघि एक अधिकारीले केही अन्तिम कुरा भन्नु छ भनी सोद्धा उनी चुपचाप बसेका थिए।

अदालतले सन् १९८९ को डिसेम्बरमा मुडीले पठाएका चार वटा मेल बम विस्फोट हुँदा अलावामाको एटलान्टास्थित पुनरावेदन अदालतका न्यायाधीश तथा जर्जियाको साभान्नाह निवासी काला जातिको नागरिक अधिकारवादी रोवर्ट भ्यान्सको ज्यान गएको थियो।

उनले नै फ्लोरिडाको ज्याक्सनभिल्लेस्थित एएएसीपी कार्यालयमा पठाएका अन्य दुई वटा बम सुरक्षकर्मीले निस्क्रिय पार्न सफल भएका थिए। सन् १९९६ को यस मुद्दालाई लिएर वकिलहरूले मुडी एक कायर व्यक्ति भएको रउनले कानुनी प्रक्रियामाथि बदला लिने उद्देश्यले न्ययाधीशको हत्या गरिसकेपछि त्यस घटनामा आतंककारी समूहको हात हुन सक्ने जस्तो देखाउन थप बम पार्सल गरेको बताएका छन्।

गैरआयमूलक मृत्युदण्ड सूचना केन्द्रले सत्तरीको दशकमा मृत्युदण्डको पुनः व्यवस्था गरेयता मुडी मृत्युदण्ड पाउनेमध्ये सबैभन्दा पाको उमेरका भएको दाबी गरेको छ।

सन् १९९१ मा यसै अभियोगमा पहिलोपटक मुडीलाई संघीय अदालतले ७ पटक आजन्म कैदलगायत थप ४ सय वर्ष लामो कारवास सजाय सुनाइएको थियो। तर, पछि सन् १९९६ मा राज्य अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो।

बिहीबार साँझ अमेरिकाको सर्वोच्च अदालतले मुडीको अपिलमाथि विचार विमर्श गर्ने क्रममा केही क्षण उनको मृत्युदण्ड रोकेको थियो। तर, सर्वोच्चले पछि बिनाकुनै प्रतिक्रिया मृत्युदण्ड सदर गरेको थियो। यसअघि सन् २००६ मा अमेरिकाको मिसिसिपीमा ७७ वर्षीय उमेरका जोहन निक्सनलाई मृत्युदण्ड दिइएको थियो।

मुडीका वकिलहरूले क्षमादानका लागि अलावामाका गवर्नर केल्भेसामु पेस गरिएको याचिकापत्रमा उनको उमेर र शरीरको नशाको अवस्थाले पनि विषाक्त इन्जेक्सन दिँदा गाह्रो हुने उल्लेख गरिएको थियो। सन् १९८९ को १६ डिसेम्बरको बिहान भ्यान्सले अलावामाको माउन्टेन बु्रकस्थित आफ्नो निवासको किचेनमा बम राखिएको पार्सल खोलेका थिए। तर, अनौठो कुरा, मुडीले भने सधैं आफू निर्दोष रहेको कुरा दोहोराउँदै आएको सरकारी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्