पाकिस्तानी अभिनेतृमाथि यौन उत्पीडन



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका चर्चित अभिनेतृ मिसा साफीले शुक्रबार म्युजिक स्टार अलि साफीले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन्। तर, जाफरले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै यसविरुद्ध आफूले कानुनी सहारा लिने बताएका छन्।

मिसाको यो आरेपले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ। अन्य थुप्रै महिलाले यस सम्बन्धमा सामाजिक सञ्जालमा थरीथरिका प्रतिक्रिया दिएका छन्। पाकिस्तानको समाज पुरुषप्रधान रहेको छ।

गैरसरकारी संघ–संस्थाले पास्तिानका थुप्रै महिला हिंसा वा यौन आक्रमणबाट पीडित रहेको दाबी गरेका छन्। साफीले ट्विटरमा लेखेकी छिन्– ‘केही विषयमा महिलालाई बोल्न साह्रै अप्ठेरो हुन्छ, विशेष गरी यौन उत्पीडनको बारेमा। मैले यससम्बन्धी आफ्नो निजी अनुभव सार्वजनिक गरेर मौनताको संस्कृति तोढ्ने विचार गरेकी छु।

मेरो नैतिकताले पनि मलाई चुप लागेर बस्न दिएन। म जस्ती एक स्थापित कलाकारलाई त यस्तो व्यावहार हुन्छ भने अन्य साधारण महिलाको स्थिति के होलान्। अलिले एकपटक मात्र नभई पटक–पटक ममाथि दुव्र्यवहार गरेका छन्।’

प्रतिक्रिया दिनुहोस्