छुल्ठिमको रोमान्स भिडियो



नायिका तथा मोडल छुल्ठिम गुरुङ र निपुनराज श्रेष्ठलाई फिचरिङ गरिएको एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। तिमी मान या नमान बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा छुल्ठिम र निपुनले रोमान्स गरेका छन्। गीतमा सञ्जय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ।

गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ। तिम्रो अँगालोमा गीतको सफलतापछि उनले फरक धारको यो गीत सार्वजनिक गरेका हुन्। राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन्। भिडियोको निर्देशन सञ्जय बरालले नै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्