स्मृती मुक्तक संग्रह बिमोचन



सलिम अन्सारी, प्यूठान । नवोदित प्युठानी श्रष्ठा स्मृती घर्ती मगरुउपहारुद्धारा लिखित पहिलो मुक्तक संग्रह ‘स्मृती’ को शनिवार बिमोचन गरिएको छ ।साहित्य परिषद प्युठान, राप्ती साहित्य परिषद जिल्ला शाखा प्युठान र प्रगतीशिल लेखक संघ प्युठानले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी मुक्तक संग्रह ‘स्मृती’ को बिमोचन गरेको हो ।

साहित्य परिषद प्युठानका अध्यक्ष गेहराज थापा र प्युठान नगरपालिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी अर्जुन कुमार कक्षपतीले संयुक्त रुपमा कृतिको बिमोचन गरेका हुन । संग्रहमा दाइजो, मायाँ प्रेम, राजनिती, जातिय भेदभाब, बाल बिबाह, लगायत समासामयीक बिषय समेटिएका १ सय ४९ वटा मुक्तक समावेश गरिएका छन । जिल्लाको पुर्णयखोलामा आयोजित कार्यक्रममा बोल्ने साहित्यकारहरुले जिल्लामा साहित्य बिधा पछि परेको भन्दै त्यस्को उत्थानका लागि सबै जुट्न आवाश्यक रहेको बताए ।

‘स्मृती’ मुक्तक संग्रहले प्युठानको साहित्यको विकासमा महत्वपूर्ण फड्को मार्नसक्ने भन्दै उनीहरुले साहित्यको विकासका लागि सबै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा विमोचित मुक्तक संग्रहको समीक्षा गर्दै नेपाली लेखक संघ प्युठानका अध्यक्ष बिपी सेढाईले नेपाली साहित्यको संरक्षण भए मात्र संस्कृतीको संरक्षण गर्न सकिने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी अर्जुन कुमार कक्षपतिले साहित्य परिषद प्युठानवाट प्रकाशीत हुने ुसुमनु पत्रीका आफ्नो कार्यकाल अबधी भर प्युठान नगरपालिकाले प्रकाशन गर्ने घोषणा गरे। सोही अबसरमा जमघट भएका साहित्यकारहरुले आ(आफ्नो रचना समेत बाचन गरेका थिए। रेडियोकर्मी समेत रहेकी श्रष्ठा स्मृतीकोुस्मृती मुक्तक संग्रह मुक्तक प्रतिष्ठान रोल्पाले प्रकाशन गरेको हो।

प्रतिक्रिया दिनुहोस्