डोटीमा जीप दुर्घटना: ३ को मृत्यु, १६ जना गम्भीर घाइते



डोटी ।  डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायलबाट शिखर नगरपालिका –३, जोरागाँउ गैरहेको ग १ ख ५२७५ नम्बरको महिन्द्रा बोलेरो जीप दुर्घटना हुँदा शिखर नगरपालिका–३, कि ३२ वर्षीया कट्टी सार्की, १४ वर्षीय सुरज भुल र ४० वर्षीया खिनतोली भुलको ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा परि घाइते भएकाहरुलाई पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा पुर्याइँदै छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनास्थलमा घाइतेको प्रहरीद्वारा उद्धार भैरहेको छ । गाडीका चालक र सह–चालकसमेत घाइते भएका छन् ।

गाडीमा यात्रा गरेका सबै गम्भीर घाइते भएको प्रनानी कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्