म्यारथनको उपाधीमाथि आर्मीको कब्जा



कृष्णउदास खनाल, वीरगन्ज । पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीको नेपाल आईस पाँचौ वीरगन्ज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीले जितेको छ ।त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितिय स्थानमाअबाजी मारेको छ भने तृतिय स्थान सशस्त्र प्रहर बलले प्राप्त गरेको छ ।आर्मीका लालबहादुर थापा प्रथम र टिकाराज कटुवाल द्वितिय भए ।

थापाले १घण्टा ११ मिनेट,कटुवालले १ घण्टा १२ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै
पहिलो र दोस्रो स्थान ल्याए भने एपिएफका सन्तोष विष्टले १ घण्टा १२ मिनेट ३६ सेकेन्डमा दौड पुरा गर्दै तृतिय स्थान ल्याए ।यसै गरी सिनियर तफ जुम्लाका धर्मेन्द्र बुढा मगर चौथो,माल्दिभ्सका मोहम्द रसिद पाँचौ र काठमाडौका किशोर खड्का छैेटौं भए ।
त्यसै गरी ५ किलो मिटर दुरी रहेको जुनियर तर्फ १८ मिनेटमा दौड पुरा गर्दै सुभाष थापा प्रथम,अनिल साह द्वितिय,अमित शर्मा तृतिय,हासिम मंसुरी चौथो,गोरखा फौजी पाँचौं र दिपक सार्की छैठो भए ।

सिनियर तर्फका खेलाडी मध्ये प्रथमले २५ हजार,द्वितियरले २० हजार,तृतियले १५ हजार तथा जुनियर तर्फमा प्रथमले ५ हजार,द्वितियरले ३ हजार र तृतिय हुने ले २ हजार नगदसहित,मेडल,प्रमाण पत्र प्राप्त गरे । म्याराथन दौड प्रतियोगिताको आर्कषणका केन्द्र विन्दुको रुपमा रहेका दक्षिण एशियाली म्याराथन तथा ओम्पियन बैकुन्ठ मान्धर,अन्तराष्ट्रिय धावक पुष्पलाल श्रेष्ठ,बुद्धवीर लामालगायतले विजेता खेलाडीहरुको हौसला बढाउन पुरस्कृत गर्दै बधाई दिएका थिए ।

संघका अध्यक्ष शैलेन्द्र पाण्डेको अध्यक्षता एवं दिलिपराज कार्कीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति वीरगंजका अध्यक्ष मानदेव हाजरा,नेपाल आईसका प्रतिनिधि प्रदीप कंडेल,हिमालयन डिष्टीलरी लिमिटेडका कारखाना प्रबन्धक उदय भण्डारी,गण्डक हस्पिटलका सिइओ चन्दनकुमार चौरसिया,क्रिकेट एशोसियशन नेपाल,मध्यमाञ्चल क्षेत्रीय समिति वीरगन्ज सदस्य कृष्णकन्हैया कायस्थलगायतको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्