भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने, नेपालको भ्रमण गर्ने खबर भारतीय पत्रिकामा प्रकाशन



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता नेपालको भ्रमण गनृुहुने भएको छ ।भारतीय प्रधानमन्त्री मोदीले वैशाख २८ देखि (मे ११ तारिखमा) नेपालको भ्रमण गर्ने खबर भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले प्रकाशन गरेको छ ।

नेपाल अाएकाे बेला मोदीले जनकपुरको पनि भ्रमण गर्न सक्ने खबरमा उल्लेख छ । तर काठमाण्डौस्थित भारतीय दुतावासले भ्रमणबारे भने केही बताएको छैन ।

मोदीले सार्क शिखर सम्मेलनका बेला सन् २०१४ मै जनकपुरको भ्रमण गर्ने बताए पनि अन्तिम समयमा रद्द भएको थियो ।नेपालमा संविधान जारी भए लगत्तै भारतले नाकाबन्दी गरेपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारको प्रयास भइरहेको छ ।

प्रधानमन्त्री केर्पी ओलीले चैत २३ गतेदेखि गरेको भारत भ्रमणका क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्