उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण स्थगित गर्ने



उत्तर कोरिया। उत्तर कोरियाले परमाणु परीक्षण कार्यक्रम स्थगित गर्ने भएको छ ।

दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाए अनुसार उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेको भन्दै परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको हो ।

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएपछि उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ । उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्