बेश्यावृत्ति पेसा एक, कानुन अनेक



बेश्यावृत्ति संसारकै सबैभन्दा पुरानो पेसा मानिन्छ । तर, यो पेसाका बारेमा खुलेर कुरा गर्न मानिसहरु अनकनाउँछन् । कयौ देशमा यो कानुनी र यौनकर्मीलाई अन्य कुनै पेसा सरह सरकारले कर पनि लिने गरेको छ भने कतिपय देशमा अवैध मानिएको छ। बेश्यावृत्तिलाई कहाँ कसरी लिने गरिएको छ ?

नेदरल्याण्ड्स र बेल्जियम

देश ब्यापारमा एम्स्टर्डमको रेड लाइट एरिया शायद संसारकै सबैभन्दा चर्चित हिस्सा हो । अन्य देशहरुभन्दा विपरीत जहाँ मानिसहरु लुकीछिपी रेड लाइट एरिया जाने गर्दछन्, तर एम्स्टर्डममा पर्यटकहरु विशो रुपमा यो क्षेत्र अवलोकन गर्न जाने गर्दछन् । बेल्जियममा पनि देह व्यापार कानुनी छ ।

फ्रान्स र जर्मनी

यो दुई देशमा देह व्यापार नियन्त्रण गर्न कडा कानुनी व्यवस्था छ। जर्मनीका केही सहरमा यौनकर्मीलाई सडकमा ग्राहक खोज्नका लागि उभिने अनुमति छैन । यता फ्रान्समा सन् २०१४ मा नयाँ कानुन लागु गरिएको छ, जसअन्तर्गत सेक्सका लागि पैसा दिनु अपराध हो ।

स्वीडेन र नर्वे

फ्रान्समा जुन कानुन लागु गरियो, त्यसको सुरुवात १९९९ मा पहिलोपटक स्वीडेनले गरेको थियो । त्यसैले यसलाई ‘स्वीडिस मोडल’ र ‘नर्डिक मोडल’ भन्ने गरिन्छ । नर्वे र आइसल्याण्डमा पनि यही कानुन पालना गर्ने गरिएको छ। यो मोडलअन्तर्गत यी देशका यौनकर्मीहरुलाई अपराधी मानेर देह व्यापारमाथि नियन्त्रण गर्ने कोशिस भइरहेको छ।

अस्ट्रिया र स्वीट्जरल्याण्ड

यो दुवै देशमा देह व्यापार पूर्ण रुपमा कानुनी मान्यता पप्त छ। अस्ट्रियामा देह व्यापारमा आउनका लागि कम्तीमा १९ वर्ष उमेर पुग्नु पर्दछ । महिलाहरुले नियमति रुपमा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्ने व्यवस्था छ । त्यति मात्र होइन, उनीहरुले सरकारलाई राजश्व पनि तिर्नुपर्ने व्यवस्था छ। जर्मनीमा पनि यस्तै व्यवस्था गरिएको छ।

ग्रीस र टर्की

जर्मनीमा जस्तै ग्रीसमा पनि बेश्यावृत्ति कानुनी मान्यता प्राप्त पेसा हो । अन्य मानिसलाई जस्तै यौनकर्मीले पनि आफ्नो मेडिकल बिमा पनि गराउनुपर्ने व्यवस्था छ। टर्कीमा पनि यस्तै कानुन छ । त्यहाँ यौनकर्मीका लागि स्वयमलाई पूँजीकृत गराउने र आइडी कार्ड बनाउनु अनिवार्य छ।

ब्रिटेन र आयरल्याण्ड

ब्रिटेनमा पनि यौनकर्मीसँगथ अधिकार छ । तर गैर सरकारी संगठनको विरोधका साथसाथै नियम परिवर्तन भएको छ। उदाहरणका लागि कुनै यौनकर्मीको खोजीमा रेड लाइट क्षेत्रमा सुस्त गतिमा गाडी चलाउने अनुमति छैन । आयरल्याण्डमा पनि कडा नियन्त्रणको व्यवस्था छ।

त्यसो त युरोका अधिकांश मुलुकमा देह व्यापार अपराध होइन, हरेक देशका आफ्ना अलग अलग नियम छन् । त्यही अनुरुप स्वीकृत छ । स्पेनमा कुनै अन्य व्यक्तिलाई देह व्यापारमा लगाउनु वा त्यसबाट नाफा कमाउनु अपराध मानिन्छ । व्यक्तिले आफ्नो इच्छाले भने यो पेसामा लाग्न सक्छ ।

म्याक्सिको र ब्राजिल

करिब सबै ल्याटिन अमेरिकी देशमा देह व्यापार गर्न अनुमति छ । ड्रग्स र माफियाका लागि कुख्यात म्याक्सिकोमा मान तस्करी पनि ठुलो समस्या हो । सुनियोजित रुपमा सेक्स रैकेट चलाउनु अपराध हो । तैपनि यहाँ यो सबै सामान्य रुपमा चलिरहेकै छ।

न्युजिल्याण्ड र अस्ट्रेलिया

न्युजिल्याण्डमा देश व्यापारका लागि अनुमति छ। यता अस्ट्रेलियाका अलग अलग भागमा अलग अलग कानुन छ । न्युजिल्याण्डमा सन् २००३ मा परिवर्तन गरिएको कानुनपछि बालिगहरुका लागि यो व्यवसाय कानुनी भएको छ। क्यानडामा पनि यसलाई गैरकानुनी मानिएको छैन ।

भारत र थाइल्याण्ड

भारतका अलग अलग सहरमा कुनै न कुनै लुकेको क्षेत्र छ, जहाँ देश व्यापार चलिरहेकै हुन्छ । दिल्लीको जीबी रोड पूरा देशमा चर्चित छ । भारतमा देह व्यापार गैरकानुनी होइन । तर दलाली गर्नु, कोठी संचालन गर्नु, सार्वजनिक स्थलमा ग्राहक खोज्नु भने अपराध हो । बेश्यावृत्तिका लागि चर्चित एसियाको अधिकांश देश जस्तो कि थाइल्याण्ड र फिलिपिन्समा यौनकर्म गैरकानुनी छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्