उड्नै लागेको विमान झ्याप्पै रोक्दा धावनमार्गबाट उछिट्टियो



cGt/f{li6Ço p8fg ;~rfngdf laxLaf/ /flt dn]lzofsf nflu p8g] qmddf lqe’jg cGt/f{li6Ço ljdfg:ynsf] wfjg dfu{d} wl;Psf] dflnGbf] Po/sf] hxfh . hxfhnfO{ wfjg dfu{af6 tfg]/ x6fOPkl5 aGb ePsf] cGt/f{li6Ço p8fg z’qmaf/ dWofXgkl5 v’n]sf] 5 . t:jL/ M k|bLk/fh jGt, /f;;

दीपेन्द्र थापा, काठमाडौं

मुलुकमा एक मात्र विमानस्थल हुँदाको समस्या फेरि एकपटक खड्कियो। बिहीबार राती मालिन्दो एयर विमान धावनमार्ग छोडेर चौरमा पुगेपछि करिब १४ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि छवटा अन्तर्राष्ट्रिय उडानका विमान अवतरण हुन नसकेर कलकत्ता, दिल्ली, बंगलादेश डाइर्भट भएको थियो भने सोही संख्यामा विभिन्न एयरलाइन्सहरूको उडान प्रभावित भएको थियो।
सञ्चालनमा आएको छ। बिहीबार राति साढे १० बजेदेखि अवरुद्ध भएको देशको एक मात्र विमानस्थल शुक्रबार विहान खुलेको थियो।

काठमाडौंबाट मलेसियाको राजधानी क्वाललम्पुर उडान गर्ने क्रममा मालिन्दो एयरको विमान बिहीबार धावनमार्गमा चिप्लिएर अनियन्त्रित हुँदा धावनमार्गभन्दा ४० मिटर पर घाँसे मैदानमा फसेको थियो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमान उड्ने क्रममा विमानभित्र प्राविधि समस्या भएको ‘वार्निङ’ आयो।त्यसपछि पाइलटले धावनमार्गमा गुडेर उड्नै लागेको विमानलाई एक्कासी रोक्दा विमानले धावनमार्ग छोडेर उक्त घटना भएको हो। तर चिप्लिएको भने होइन भन्नुभयो। ‘विमानको गति सामान्य रहेका कारण ठँलो क्षतिबाट जोगियो। प्रविधिक भाषामा यस्तो घटनालाई रनवे एक्सकर्सन भनिन्छ।यो विश्वमा सबैभन्दा बढी हुने घटना हो।

धावनमार्गबाट चिप्लिएर थचारिएको ठाउँबाट मलिन्दो एयरको विमानलाई हटाइएपछि आन्तरिक तथा बाह्य उडान सञ्चालनमा आएको विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले बताउनुभयो। सेना, प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका र नेपाल वायुसेवा निगमका कर्मचारीले विमानलाई तानेर पार्किङ वेमा सारेपछिको अवरुद्ध विमानस्थल सुचारु भएको थियो।

‘शुक्रबार विहान भिजिविलिटीको कारणले पनि आन्तरिक उडानमा समस्या आएको थियो,’ विमानस्थल प्रमुख क्षत्रीले भन्नुभयो– ‘बिहानको ११ बजेर ३५ मिनेटबाट आन्तरिक तथा बाह्य दुवै उडानका लागि विमानस्थल खुलाएको छौं।’
दुर्घटनामा परेको विमानमा खासै केही समस्या नआएको भए पनि विमानले दैनिक उडान गर्न भने केही दिन लाग्ने जनाइएको छ। रातिको समयमा विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा गएकाले पनि समय लागेको विमानस्थलले जनाएको छ भने राति पानी परेको र विमानको चक्का हिलोमाटोमा फसेकाले पनि विमानलाई यथास्थितिमा ल्याउनका लागि समय लागेको जनाइएको छ। विमान बिहीबार १ सय ३२ यात्रु र चालक दलका ७ सदस्य लिएर उडान गर्ने क्रममा रहेको थियो।

यसैबीच शुक्रबार त्रिभुवन विमानस्थल २४सै घण्टा सञ्चालन हुने महाप्रबन्धक क्षत्रीले बताउनुभयो। हिजोदेखिको उडानमा आएको अवरोधलाई परपँर्ति गर्न त्रिभुवन विमानस्थल २४सै घन्टा सञ्चालन गर्न लागिएको क्षत्रीले बताउनुभयो।
सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म अवरुद्ध भएको थियो। गत फागुन महिनाको अन्त्यमा समेत ढाकाबाट आएको युएस बंगला एयरको यात्रुवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४९ जनाको ज्यान गएको थियो। नेपालमा ३१ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उडान भर्दै आएका छन्।

 

छानविन समिति गठन
काठमाडौ, (नेस)
नागरिक उड्डयन प्राधिकरणले मालिन्दो एयर घटनाका बारेमा प्रारम्भिक छानविन गर्न ३ सदस्यीय प्राविधिक टोली गठन गरेको छ। प्राधिकरणलले नियमित अनुगमनको प्रक्रियाअन्तर्गत समिति गठन गरिएको प्राधिकरणका उपमहानिर्देशन राजन पोखरेलले जानकारी दिनुभयो।‘हामीले घटनाको प्रारम्भिक छानविन मात्र गर्न हो, जुन प्राधिकरणको नियमित काम अन्तर्गत पर्छ।यसको विस्तृत छानविन भने सम्बन्धित एयरलाइनले नै गर्नेछ ।’

ककपिटमा भएको भ्वाइ रेकर्डरलगायतको तथ्यको बारेमा रहेर सम्बन्धित एयरलाइन्सले विस्तृत अध्ययन गरी घटनाको यथार्थ जानकारी बाहिर ल्याउने छ। समितिमा क्याप्टेन दधिराम निरौला संयोजक हुनुहुन्छ भने प्राधिकरणको उपमहनिर्देशक सुवर्णराज उपाध्याय र इन्जिनियर भरतराज पराजुली सदस्य रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस्