गायक प्रिन्सको मृत्यु शंकाको घेराबाहिर



न्युयोर्क, (एजेन्सी)
अमेरिकी सरकारी वकिलहरूले सन् २०१६ को अप्रिलमा भएको अमेरिकी गायक तथा संगीतकार प्रिन्सको मृत्युलाई लिएर कुनै आपराधिक अभियोग नलगाइने बताएका छन्। ५७ वर्षीय गायकको हेरोइनभन्दा निकै गुणा शक्तिशाली पेनकिलर फेन्टानाइलको ओभरडोजका कारण दुर्घटनावश मृत्यु भएको बताइएको छ।

मिन्नेसोटाले प्रिन्सको घरमा लागूऔषध भरिएको नक्कली औषधी क्याप्सुलहरू फेला परेको दाबी अनुसन्धानकर्ताहरूले गरेका छन्। तर तिनीहरूले ती औषधीको स्रोत भने खुलाउन सकेका छैनन्।

तर तिनीहरूले उक्त हत्यामा कसैले नियतवश कुनै गलत काम गरेको नदेखिएको पनि दाबी गरेका छन्। २०१६ को २१ अप्रिलमा मिन्नेसोटा राज्यको आफ्नै पेस्ली पार्क स्टुडियोको एउटा लिफ्टमा प्रिन्सलाई मृत अवस्थामा फेला पारिएको थियो। पप स्टार प्रिन्सको हत्यामाथि गरिएको दुई वर्ष लामो अनुसन्धानको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो।

कार्भर काउन्टीका न्यायाधीश मार्क मेत्जले प्राप्त प्रमाणअनुसार प्रिन्सले आफूलाई चिकित्सकले सिफारिस गरेको भिकोडिन नामक औषधी खाएको तर सो नक्कली भिकोडिन प्राणघातक फेन्टानाइल भएको भेटाएका छन्।

यसैगरी प्रिन्सलाई वर्षौंदेखि जिउ दुख्ने समस्या रहेको र उनको निवासमा सयौं थरिका पेनकिलर भेटिएको पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। प्रिन्सका ेगोपनीयताका लागि डाक्टरले उनको बडिगार्डको नाममा औषधी लेखिदिने गरेको पनि मेत्जले बताएका छन्।

तर डाक्टरले उनको ज्यान जाने खालका कुनै पनि पेनकिलर सिफारिस गरेको प्रमाण नभेटिएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रिन्सलाई अवैध रूपमा पेनकिलर उपलब्ध गराएको आरोपमा डाक्टरलाई ३० हजार अमेरिकी डलर जरिवाना गरिएको पाइएको छ।

गायक, गीतकार तथा विभिन्न वाद्ययन्त्र बजाउन सिपालु प्रिन्सले ३० भन्दा बढी एल्बम विमोचन गराएका थिए। तीमध्ये उनका ‘लेट्स गो क्रेजी’ र ‘≈वेन डोभ्स क्राइ’ निकै चर्चित छन्।

प्रतिक्रिया दिनुहोस्