मोदीलाई आईएमएफ प्रमुख लगार्डको ध्यानार्षण, कठुवा र उन्नावमा भएका बलात्कारका घटना अत्यन्त घृणित



लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुख क्रिस्टिन लगार्डले भारतको कठुआ र उन्नावमा भएका कथित बलात्कारका घटना अत्यन्त घृणित भएको बताउ“दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई महिला सुरक्षाका लागि ध्यानाकर्षण गरेकी छिन्।
लडार्डले भनिन्– ‘जे भयो त्यो घृणित हो। भारत सरकार विशेष गरी प्रधानमन्त्री मोदीले यसमा पर्याप्त ध्यान दिनेछ भन्ने मैले अपेक्षा गरेकी छु, किनभने भारतीय महिलाका लागि यसको आवश्यक छ।’

क्रिस्टिन लगार्डले उक्त कुरा आईएमएफको बैठकमा राखेकी थिइन्। अत्यन्त आक्रोसित देखिएकी लगार्डले ‘प्रश्न यस विषयमा कुरा मात्र गर्ने होइन’ बताएको एएफपीले जनाएको छ।

लगार्डले यसै वर्षको शुरुआतमा पनि आफूले डाभोसमा प्रधानमन्त्री मोदीलाई सचेत गराउ“दै ‘उनले महिलाको स्थितिका विषयमा उल्लेख नगरेको’ टिप्पणी गरेको बताइन्।

बाल अधिकारका लागि अभियान चलाइरहेको संस्था क्राइका अनुसार भारतमा बालबालिकाविरुद्ध अपराधमा विगत १० वर्षमा ५ सय प्रतिशतले बढोत्तरी भएको छ। सन् २०१४ मा संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा पनि भारतमा बलात्कारको सिकार हुने प्रत्यक तीनमा एक पीडित नाबालिक हुने गरेको उल्लेख गरेको थियो। यसै महिना जम्मु–काश्मिरको कठुआ र उत्तर प्रदेशको उन्नावमा भएका दुई फरक फरक घटनाले भारतमा हलचल मच्चाएको थियो। कठुआको रसाना गाउ“मा यसै वर्ष जनवरीमा एक आठ वर्षकी बालिकालाई अपहरण गरी एक मन्दिरमा कयौं दिन सामूहिक बलात्कार गरिएको र पछि हत्या गरिएको थियो। उक्त घटनामा संलग्न हिन्दू भएकोले राज्य सरकारमा रहेका भाजपा मन्त्री र केही स्थानीय कंग्रेस नेताहरूसमेत बलात्कारीलाई बचाउने अभियानमा सार्वजनिक रूपमा अगाडि आएका थिए।

अपराध शाखाको जा“चमा उक्त घटनामा मन्दिरका संरक्षक सान्जी रामले आफ्ना नाबालक भतिजा र छोरास“ग मिलेर उक्त षड्यन्त्र रचेको पाइएको थियो। उक्त घटना गराउनुको उद्देश्य त्यहा“ रहेका मुस्लिम गुर्जरलाई तर्साएर भगाउने र उनीहरूलाई जमिन बेच्न बाध्य पार्नु रहेको बताइएको छ।

त्यसैगरी उत्तर प्रदेशको उन्नावमा १७ वर्षका एक किशोरीले एक स्थानीय भाजपा विधायक कुलदीप सिंह सेंगरमाथि बलात्कारको आरोप लगाएकी थिइन्। पीडित किशोरीले उजुरी गर्न खोज्दा प्रहरीले सेंगरविरुद्ध दर्ता गर्न अस्वीकार गरेका थिए। उक्त घटनामा भाजपाका वरिष्ठ नेताहरूसमेत सेंगरको समर्थनमा उत्रिएका थिए। त्यसपछि पीडित परिवारले अदालतको सहारा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्