दरिद्र मानसिकता



बिद्यालय बाहिर केही बालबालिका कोही नहुन भन्दै सरकारले अभियाननै संचालन गरेको छ । प्रधानमन्त्री , मन्त्री सचिव देखि राजनीतिक दलका नेत सम्मले सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गर्ने अभियान संचालन गरेको दृष्यले धरहरालाई कहिले काही काउकुती लगाउने गरेको छ ।

आफ्ना छोरा छोरी निजी स्कुलमा पढाउने केही लाउकेहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत भन्दै १ बर्षको १०–१५ हजार रकम खर्च गरेर १ लाखको प्रचार गरेको देखेर धरहरा पनि तीन छक परेको छ । सरकारपनि हावा हुरी जस्तै छ ।

जनताको मन जित्ने भन्दै हुने नहुने कामलाई तीव्रता दिएपछि केही लाउकेहरुले गरेको प्रचारलाई धरहराले दरिद्रको संज्ञा दिएको छ ।

एउटा नियम कानुन बनाएर बिद्यालय अभिायन संचालन गर्नु पर्नेमा प्रधानमन्त्री हेलिकोप्टर चढेर १० लाख खर्च गरेर १ लाखको काम गर्ने प्रधानमन्त्रीलाई के भन्ने भनेर धरहरा सोचेर बसेको छ है पाठक बृन्द ।

प्रतिक्रिया दिनुहोस्