किताबमा झेल, आधालाई मात्रै नयाँ किताब



नेपाल समाचारपत्र
बाँके
गत वर्षको तथ्यांक हेर्दा जुम्ला जिल्लामा १ लाख २० हजार थान किताब आवश्यक पर्छ। फागुन महिनामै शैक्षिक सत्र शुरु हुने जुम्लामा यो वर्ष ६२ हजार ५ सय ५० थानमात्रै किताब गएको छ।

तथ्यांक हेर्दा जुम्लामा ५२ प्रतिशत मात्रै नयाँ किताब गयो। शैक्षिक सत्र त शुरु भइसक्यो। ४८ प्रतिशत किताब कसरी परिपँर्ति भयो ? यो सोधीखोजीको विषय बनेको छ। अझ त्यही गएको किताब पनि पँरा बिक्री नभएको व्यवसायीहरू बताउँछन्।

जानकारहरू भन्छन्, या त ठँलो संख्यामा विद्यार्थीलाई त्यहाँ पुरानो किताब पढ्न लगाइन्छ। या, विद्यार्थी आँकडा नै गलत छ। विद्यार्थीको आँकडा छात्रावृत्ति, खाजा र पीसीएफ शिक्षकसँग जोडिएको हुनुपर्छ।

किताब ढुवानी गर्ने जुम्लाका जीभी स्टेसनरी सञ्चालक गणेशबहादुर रोकायले जिशिकाले कम निकासा दिने बताएर स्कुलहरूले कम कम किताब किन्ने गरेको बताउनुभयो। १३ सय थान किताब लगेका रोकायको डेढ सय थान त अझै बिकेको छैन।

व्यवसायीहरू पनि उधारोमा फस्ने र लगेको जति सबै बिक्री हुने समस्या झेलेको बताउँछन्। ‘कतिपय स्कुलमा गतवर्षकै पैसा बाँकी छ, रोकायले भन्नुभयो, नयाँ पनि सबै उधारोमा दिइएको छ। कहिले निकासा आउने हो।’

जुम्लामा तीन जनाले किताव ढुवानी गर्छन्। जनक शिक्षाले जुम्लामा किताब ढुवानी गर्नेलाई नौ प्रतिशत डिस्काउन्ट र १६ प्रतिशत ढुवानी खर्च दिन्छ।
डोल्पामा ३५ हजार थान किताब किन्नुपर्नेमा २९ हजार थान किनिएको छ। हुम्लामा ५३ हजार थान जानुपर्नेमा ४९ हजार ४ सय ५२ थान किताब गएको छ। बाँकी किताब जाने संभावना नै छैन। ‘आँकडा गलत हो या त सबैलाई पुग्ने किताब किन लगिएन। पछि किताब पाएनन् भनेर पत्रपत्रिकामा समाचार आउन बेर छैन, जनक शिक्षाका कर्मचारीहरू भन्छन्।

कर्णाली अञ्चलका मुगुको २०७२ र कालिकोटको २०७३ मा शैक्षिक सत्र परिवर्तन गरिएको छ। यी दुई जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ।
विद्यार्थी आँकडाअनुुसार किताब किनेर बाँडेको बिल भन्ने तर विद्यार्थीले किताब नपाउने या आँकडा नै गडबढ भएकाले सम्बन्धित निकायले फाइदा लिने प्रवृत्ति पनि रहेको जानकारहरू बताउँछन्। जनक शिक्षा सामाग्री केन्द्र, नेपालगन्जका प्रमुख रविन्द्र शर्माले अब कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा थप किताब जाने संभावना कम रहेको बताउनुभयो।

कर्णाली मात्रै होइन, अरू ठाउँमा पनि नयाँ शैक्षिक सत्र शुरु भइसक्दा किताब भने जानुपर्ने जति गएको छैन। जनक शिक्षा सामाग्री केन्द्रको नेपालगन्जस्थित गोदाममा थन्किएका छन्।

किताब बिक्री नै नभएको भने होइन, जानुपर्ने जति गएको छैन। केन्द्रका क्षेत्रीय प्रमुख रविन्द्र शर्माले अहिलेसम्म ६३ प्रतिशत किताब बिक्री भएको बताउनुभयो।
साविकको मध्यपश्चिमका १५ जिल्लामा नेपालगन्जबाट किताब पठाइन्छ। यो क्षेत्रमा ३२ लाख थान किताब आवश्यक पर्छ। नेपालगन्जमा ३० लाख थान किताब आएको छ। त्यसमा १८ लाख ८४ हजार ७ सय २६ थान किताब बिक्री भएको छ।
चैत्र २५ गतेभित्र सबै जिल्लाको सदरमुकाममा किताब पु¥याइसक्न जनक शिक्षालाई माथिबाट निर्देशन थियो। सबै जिल्लाले आधाआधी किताब लगेका छन्। जिल्लालाई पुग्ने किताब कुनै पनि जिल्लाले लगेका छैनन्।

जनक शिक्षा सामग्री केन्द्र, नेपालगन्जका प्रमुख शर्माले भन्नुभयो, ‘अहिले किताब फालाफाल छ। लिन आउँदैनन्, ९ महिनापछि विद्यार्थीले किताब पाएन भनेर खैलाबैला गर्छन्।’

नयाँ संरचनाअनुसार किताबको आर्थिक निकासा गर्ने अधिकार स्थानीय निकायतिर सरेको छ। स्कँलले किताब किन्ने र स्थानीय निकायले पैसा दिने नयाँ व्यवस्था रहेको छ। स्थानीय निकायले किताबका लागि रकम निकासा गरिसकेका छैनन्। स्कुलहरूले ‘जोखिम’ मोलेर अलिअलि किताब किनेका छन्।

‘पर्याप्त किताब आइसकेकाले स्थानीय निकायले छिटो रकम निकासा गरेर किताब किन्नुप¥यो, अनि समयमा किताब कसले किन्यो, कसले किनेन स्थानीय निकायले अनुगमन समिति बनाएर हेर्नुपर्छ,’ –शर्माले भन्नुभयो।

साविकको कर्णाली अञ्चलका जिल्लाबाहेक अरू ठाउँमा वैशाख १५ गतेदेखि पढाइ हुन्छ। पहिलो हप्ता बडो तामझामका साथ भर्ना अभियान थालिन्छ। कतिपय स्कुलले अहिले नै घरदैलो थालिसकेका छन्। जिल्ला शिक्षा कार्यालय, बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी एवं नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापाले चैत्र मसान्तभित्र सबै विद्यालयले किताब किनिसक्नुपर्ने बताउनुभयो। ‘केही विद्यालयले किताब किनिसकेका छन्,’ –थापाले भन्नुभयो, अरूले पनि किन्दै होलान्।’ उनले उपमहानगरपालिकाले किताबका लागि पैसा निकासा गरिनसकेको जानकारी दिनुभयो।

जनक शिक्षाले ६ देखि १० कक्षाका किताब बिक्री गरिरहेको छ। १ देखि ५ कक्षाको निजी क्षेत्रले बिक्री गर्छन्।

प्रतिक्रिया दिनुहोस्