सकियो वार्ता उपलब्धि शँन्य



काठमाडौं, (नेस)
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएकोे वार्ता बिनानिष्कर्ष सकिएको छ।

वार्ता एकता संयोजन समितिअन्तर्गतका कार्यदलले बुझाएको पार्टी एकतासम्बन्धी प्रतिवेदनमाथि केन्द्रित रहेको थियो। वार्ता सकारात्मक भएको तथा दुवै अध्यक्षबीच सौहार्दपँर्ण छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो।

‘अध्यक्षले शुक्रबारको वार्ता सकारात्मक भयो भन्नुभएको छ’, सापकोटाले भन्नुभयो– ‘आजको वार्तालाई भोलि पनि निरन्तरता दिने सहमति भएको छ।‘ ओली–प्रचण्डबीचको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताइएको छ। वार्ता सकारात्मक भए पनि पार्टी एकता ९ गते पार्टी एकता नहुने निश्चित छ।

प्रम ओलीको कार्यशैलीमाथि प्रश्न चिन्ह उठाउँदै प्रचण्डले एकता प्रक्रिया लम्ब्याउन चाहेपछि ओलीलाई दबाब परेको छ। दुई पार्टीबीच मिल्न नसकेको चुनाव चिन्ह, जनयुद्धलाई हेर्ने दृष्टिकोण र पदीय बाँडफाँडसम्बन्धी विषय टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई छ।

प्रतिक्रिया दिनुहोस्