नानीबाबुहरूका लागि नयाँ वर्षको उपहार



ज्ञानमणि नेपाल कालोटोपी

नेपाली साहित्यको घरमा अर्को एउटा इँटा थपिएको छ। पछिल्लोपटक थपिएको इँटारूपी पुस्तक हो– नयाँ वर्षको उपहार बालकथा संग्रह। यसका कथाकार हुन्– कौशिला रिसाल। लामो समयदेखि अध्यापन पेसामा रहेर आफँले बालबालिकाको मनोविज्ञान बुझेपछि उनको लेखनीले गति लिँदै गयो। जसले गर्दा प्रस्तुत बालकथा संग्रहको जन्म भएको हो। यसरी बालबालिकाको मनोविज्ञान समेटिएको यस कृतिको नाम जुराइएको छ, नयाँ वर्षको उपहार। नयाँ वर्षकै सन्दर्भ पारेर नै उक्त पुस्तक बजारमा ल्याइएको हो।

यसमा १५ वटा कथाहरू समेटिएका छन्। जति कथा छन्, सबै कथामा कथाको विषयवस्तुअनुसार बालबालिकाका सुहाउँदा तस्वीरहरू उतारिएका छन्। सबै कथाले बालबालिकाका प्रतिनिधिमँलक आवाजहरूलाई बुलन्द पारेका छन्। संग्रहभित्रका सबै कथा छोटा, मीठा र सरल भाषाशैलीमा लेखिएका छन्। अभिभावक र शिक्षक मात्र केटाकेटीहरूका मार्गनिर्देशक हुँदैनन्, राम्रो लेखकले पनि उनीहरूलाई सही मार्गमा हिँड्न सिकाउँछन् भन्ने उद्देश्य लेखिका रिसालको रहेको देखिन्छ।

बालबालिकाहरू काँचो माटोसरह हुन्। उनीहरू जस्तो वातावरणमा जन्मिन्छन्, हुर्किन्छन्, त्यहीँबाट प्रभावित हुन्छन्। स–साना कुराले पनि उनीहरूलाई प्रभाव पारेका हुन्छन्। यो किन, कसरी भयो होला, अब के होला भन्ने जिज्ञासुपनले बालबालिकामा उत्पन्न हुने सकारात्मक वा नकारात्मक भावहरू प्रस्तुत कथाहरूमा भेट्न पाइन्छ। विषयवस्तु तिनै हुन्, जसलाई सबैले देखिरहेकै हुन्छन्, भोगिरहेकै हुन्छन्। तर ती परिवेशहरूलाई कथा, निबन्ध वा अन्य माध्यमका रूपमा लेखेरै संग्रहित गर्नेहरू भने कमै हुन्छन्।

तर कथाकार रिसालले यी सबै घटना र परिवेशहरूलाई एकीकृत गर्न सफल भएको देखिन्छ। संग्रहमा समेटिएको हजुरआमाको अर्ति शीर्षकको कथाले सर्पले भ्यागुत्तो खाँदै गरेको सामान्य विषयले पनि रोचक प्रस्तुति पाएको छ। हजुरआमाले नातिनीलाई यस विषयमा बताएको कुरा पढ्दा सामान्यजस्तो लागे पनि यसले प्रकृतिमा भएका सबै प्राणीको जीवनचक्रको बारेमा पनि ज्ञान दिएको छ।

समाजमा हरेक घटनाहरू देखिरहेका र भोगिरहेका बालबालिकाहरूमा डर, त्रास र कौतुहलता पनि उत्पन्न भइरहेको हुन्छ। यस संग्रहले बालबालिकामा उब्जने ती सबै जिज्ञासा मेटाउने प्रयास गरेको छ। यति भइरहँदा पनि केही कुरामा भने अझै सुधार गर्नुपर्ने पो हो कि भन्ने भान पाठकमा पर्नु पनि स्वाभाविक छ। बालकेन्द्रित भनिए पनि कतै–कतै भाषाशैली युवाहरूका लागि सुहाउँदो राखिएको पाइन्छ। साना केटाकेटीले बुझ्ने भाषाशैली अपनाउन सकिएको भए कृति अझ रोचक हुन सक्थ्यो। त्यस्तै कथाहरूमा समस्या उठानपछि समाधान पनि खोजिएको छ। यो सान्दर्भिक नै लाग्न सक्छ।

साहित्यमा पनि बालबालिकाका विषय उठान गरिएका पठनीय सामग्रीहरू कमै मात्र लेखिने गरिएको अवस्थामा यस कृतिले भने त्यो अभावलाई पँरा गरेको छ। यो कृति खास गरी बाल्यावस्था पार गरी किशोरावस्थामा टेकेका बालबालिकाको लागि निकै सन्देशमँलक छ। यसर्थ पनि नयाँ वर्षको उपहार सबैका लागि संग्रहणीय र पठनीय बालखुराक भएको भने पक्कै छ। स्वदेश प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मँल्य १५० राखिएको छ।

प्रतिक्रिया दिनुहोस्