युएईमा अझै १ सय ८५ जना नेपाली बन्धक जीवन विताउँदै



युएई । वैदेशिक रोजगारीको क्रममा युएई आएका १ सय ८५ जना नेपालीले जेल जीवन बिताइरहेको पाइएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको आठवटा जेलमा विभिन्न अभियोगमा १ सय ७३ जना पुरुष र १२ जना महिला उनीहरुले जेल भुक्तान गरिरहेका हुन् ।

 

युएईस्थित नेपाली राजदुतावासले युएईको सात वटै राज्यमा रहेका जेलहरुको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक सार्बजनिक गरेको राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालले बताए। जसमध्ये मद्यपानका कारण ९५ जना,अवैधानिक काम र बसाईका कारण १८ जना, भौतिक आक्रमण वा सम्पत्ति नष्टकाको आरोपमा १८ जनाले जेल भुक्तान गरिरहेका छन्।

 

यसैगरि चोरी मुद्धामा  १५ जना, व्यभिचारका कारण १० जना हत्याको आरोपमा ९ जना, लागुऔषधका कारण ६ र  किर्ते कागज, चेक बाउन्स लगाएतका कारण १४ जना रहेको राजदुतावासले  सार्वजजिक  गरेको रिर्पोटमा उल्लेख छ।

 

जस मध्य युएईको अबुधावी जेलमा ६४ जना, दुबई प्रान्तको अविर जेलमा ६६ जना, शारजाह जेलमा १३ जना, अजमानको जेलमा १० जना, उमअल क्वेन जेलमा २ जना रसअलखेमाहको जेलमा ४ जना, फुजेरा ११ जान र अलऐनको जेलमा १५ जना छन् । यस बाहेक ३६ जना केही समयअधि रिहा भएका द्दितिय सचिब कृष्ण अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्