दाइजोले लियो युवतीको ज्यान



कृष्णउदास खनाल, वीरगन्ज । केटा पक्षलाई भनेजति दाइजो आफ्नो परिवारको सदस्यबाट दिन नसक्ने स्थिति देखिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छिन् ।

वीरगन्ज महानगरपालिका परसौनी बिर्ता २३ का दीनदयाल साहकी छोरी रबिता कुमारी आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रबिता कुमारी को बिहे पर्सा रामनगरी का जयनारायण शाहको छोरा शिवदयाल साह संग यही बैशाख १४ गते तय भएको थियो। दाइजो रकम तीन लाख पाँच हजार तय र दुइ लाख बिस हजार रकम र मोटरसाइकल दिएको केटालाइ दिइसकेकामा ८५ हजार दिन सक्ने अवस्था नदेखेपछि रबिताले आत्महत्या गरेको बताइएको छ ।

८५ हजार सहित सुनको सिक्री समेत केटा पक्षले मागेपछि रबिताको परिवार अप्ठेरोमा परेको थियो । थप रकम र सुनको सिक्री दिने बिषयमा बिहीबार राति घरमा सामान्य झगडा र बहस समत भएको थियो । आफ्नो विवाहका लागि माइती पक्षले ऋृण काढ्नु पर्ने अवस्था देखेपछि रबिताले आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान गरिएको छ ।

रबिताको माइती पक्ष आर्थिक रुपमा कमजोर रहेको छ । खासगरी तराई मधेशमा केटी पक्षले अझैपनि विवाहका लागि केटालाई खरिद गर्नुपर्ने परम्परा रहेको छ । आर्थिक र भौतिक सम्पत्ति सुम्पिदिएपछि मात्रै छोरी सुम्पिनु पर्ने नराम्रो चलन यो समाजमा अझै ब्यप्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्