मालिन्दो एयरको जहाज दुर्घटनास्थलबाट निकालियो, विमानस्थलमा उडान-अवतरण १२ घन्टापछि सुचारु



काठमाडौं । मालिन्दो एयरको जहाज दुर्घटनास्थलबाट निकालिएपछि विमानस्थलमा उडान–अवतरण १२ घन्टापछि सुचारु भएको छ । त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर जहाज चौरमा पुगेपछि बन्द रहेको उडान–अवतरण शुरु भएको हो ।

नेपाली सेना, प्रहरी र निगमका प्राविधिक कर्मचारीले संयुक्त रुपमा जहाजलाई दुर्घटनास्थलबाट तानेर पार्किङ क्षेत्रमा पुर्याएक छन । उक्त कार्यमा नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी जहाज तानेका थिए। जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्