१३ बर्ष अघि चक्रेको हात छिनाएका दीपक मनाङे डिल्लीबजार कारागार जलान



काठमाडौं । बिहीबार बेलुका स्वयम्भूबाट पक्राउ परेका प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके दीपक मनाङे जेल चलान भएका छन् ।

जिल्ला अदालत उनलाई काठमाडौंले उनलाई शुक्रबार बिहान डिल्लीबजार कारागार जलान गर्न आदेश दिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।

त्यसलगत्तै भागेर सिक्किम पुगेका सांसदको सपथ समेत लिन पाएका छैनन् । प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो । २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङ्गेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।

लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भयो। त्यसपछि प्रहरीले मनाङ्गेको खोजी थालेको हो। २०६१ सालमा अर्का गुण्डा नाइके मिलन गुरुङ उर्फ मिलन चक्रे समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो।

प्रहरीले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालय पुनः मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेपछि उनी प्रहरीको फरार सूचिमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्