त्रिभुवन विमानस्थलको आन्तरिक उडान शुरु, अन्तर्राष्टिय उडान सुचारु भएन्



काठमाडौं । बिहिबार रातिदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलको बाह्य उडान शुक्रबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन । तर आन्तरिक उडान भने भर्खरै सुचारु भएको छ ।

विमानस्थल स्रोतका अनुसार बाह्य उडान केहि बेरपछि मात्रै सुचारु हुनेछ ।  काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको हो ।

दुर्घटनाबाट कुनै क्षति भएको छैन् । हिजो राती ९ः४५ बजे उडान भरेको उक्त बिमान ठूलो दुर्घटना हुनबाट जोगिएको अन्तराष्ट्रिय विमानस्थल कार्यलय स्रोतले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्