ड्रममा राखिएको पानीमा खेल्दा डुबेर बालिकाको मृत्यु



शालिकराम चालसे,  नुवाकोट । विदुर नगरपालिका वडा नं १३ को आमथाङमा १५ महिनाको बालिकाका ड्रममा डुबेर मृत्यु भएको छ ।

घरमा राखिएको ड्रमको पानीमा खेल्ने क्रममा घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल नुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं १३ कि १५ महिनाकी सुविना तामाङ रहेको जिल्ला प्रहरी कार्यलय न’वाकोटका प्रहरी उपरिक्षक वसन्त कुवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्