मालिन्दो एयरलाइन्सको विमान दुर्घटनापछि त्रिभुवन विमानस्थलमा भद्रगोगोल, यात्रुको बिचल्ली



तस्वीर: प्रकाश आस्थाको फेसबुक

काठमाडौं । १३९ जना यात्रु रहेको मालिन्दो एयरलाइन्सको विमान दुर्घटनापछि बन्द भएको अन्तर्राष्ट्रिय उडानका कारण यात्रुको बिचल्ली भएको छ । त्रिभुवन विमानस्थलमा ब्यबस्थापन पक्ष भद्रगोल देखीएको छ ।

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेको थियो । रातिदेखिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन । विमानस्थल सुचारुबारे कुनै सुचना जारी नगर्दा यात्रुको विचल्ली भएको छ ।

हामीलाई विमान एयरपोर्ट सुचारु हुने नहुने कुनै जानकारी दिइएको छैन । कुन बेला उडान हुन्छ थाहा छैन । कहाँ गएर के गरेर बस्ने ? एक यात्रुले नेपाल समाचारपत्रलाई भने, उडान हुने भएपनि नहुने भएपनि सुचना दिनुपर्ने हो ।

गय राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको थियो ।
राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन ।

आन्तरिक उडान खुलाउने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान खुलाउने तयारी भएको जानकारी प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय उडान भने आज दिनभरि अवरुद्ध हुन सक्ने विमानस्थल स्रोतले बताएको छ । अन्तर्राष्ट्रिय उडानका सबै बिमानहरु भारत, बंगलादेशसहितका विमानस्थलमा अवतरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्