पनडुब्बी प्राप्त



बर्लिन, (एजेन्सी)
दोस्रो विश्वयुद्धका बेला सागरमा बेपत्ता भएको एउटा जर्मन पनडुब्बी करिब ७३ वर्षपछि फेला परेको छ। उक्त पनडुब्बीको प्रयोग दोस्रो विश्वयुद्धताका नाजी नेतृत्वलाई दक्षिण अमेरिका पु¥याउनका लागि भएको हल्ला चलेको थियो। डेनमार्कका सी वार म्युजियमले यु–३५२३ नामक उक्त पनडुब्बी समुद्रको ४ सय ३ फिट गहिराइमा फेला पारेको हो। उक्त पनडुब्बी डेनमार्कको सुदुरपूर्वी स्काजेन तटमा फेला परेको बताइएको छ। अखबारका अनुसार उक्त पनडुब्बीलाई बेलायतले डुबाएको थियो। उक्त बाहनको अग्रभाग बालुवामा धस्सिएको र पछाडिको भाग माथि देखिने अवस्थामा रहेको द सनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्