रियलले अंक बाँड्यो



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाको खेलमा रियल मेड्रिडले एथ्लेटिक बिल्बाओसंग अंक बाँडेका छन्।
बुधबार राति भएको खेलको १४औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई शुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म एक गोलले अघि रहेको बिल्बाओले खेलको ८७औं मिनेटमा बराबरी गोल बेहो¥यो। जितको नजिक पुगिसकेको बिल्बाओलाई रोक्न रियल मेड्रिडका क्रिस्टियानो रोनाल्डोले ब्याकहिल फ्लिप गर्दै बराबरी गोल फर्काएपछि रियलको हार टरेको थियो।

उक्त गोलसँगै पोर्चुगलका स्टार रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमानसंग बराबरी गरेका छन्। उनले लगातार १२औं खेलमा गोल गरेका हुन्। ला लिगामा रोनाल्डोले यस सिजन २४ गोल गरिसकेका छन्।

ला लिगाअन्तर्गत बुधबारै भएको अन्य खेलमा गेटाफेले भ्यालेन्सियालाई २–१ ले हराउँदा आइबरले इस्पान्योललाई १–० ले पराजित ग¥यो। बुधबारको खेलपछि ला लिगाको अंक तालिकामा बार्सिलोनाको शीर्षता कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्