ट्रम्पले किमसँगको वार्ता बीचमै छोड्न सक्ने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो पूर्वनियोजित वार्ता फलदायी नहुने संकेत मिलेमा आफूले बीचैमा वार्ता छोडेर हिँड्ने बताएका छन्।

एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आवेले आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियामाथि अत्यधिक दबाब दिइनुपर्ने बताएका छन्। आवे ट्रम्पसँग वार्ता गर्न फ्लोरिडास्थित ट्रम्पको मार आ लागो रिसोर्टमा पुगेका हुन्।
यसअघि ट्रम्पले अमेरिकी केन्द्रीय अनुसन्धान निकाय (सीआईए)का प्रमुख माइक पोम्पियोले गोप्य तरिकाले उत्तर कोरिया पुगेर किमसँग प्रत्यक्ष भेटघाट गरेको पुष्टि गरेका छन्। ट्रम्पले पोम्पियोे किमसँग राम्रो सम्बन्ध बनाउन बनाउन सफल भएको बताएका छन्। गत वर्ष ट्रम्पले किमलाई होच्याउँदै ‘लिटिल रकेट म्यान’को संज्ञा दिएका थिए।

ट्रम्प र किमबीचको वार्ता आगामी जुन महिनामा आयोजना हुने बलियो सम्भावना रहेको छ। उक्त वार्ताको विस्तृत कार्यक्रम र स्थानबारे अहिले छलफल जारी रहेको बताइएका ेछ। यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले आगामी साता किमसँग भेटवार्ता गर्ने भएका छन्।

बिहीबार मुनले उत्तर कोरियाले आफू पूणर््ात निशस्त्रीकरणका लागि तयार रहेको बताएको जानकारी दिएका छन्। सन् १९५० देखि १९५३ सम्म कोरियाली युद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्