चिनीमा भन्सार शुल्क बढ्दा उपभोक्तालाई मर्का



काठमाडौं, (नेस)
रकारले आयातित चिनीमा भन्सार महशुल १५ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत पु¥याउने निर्णय गरेपछि राष्ट्रिय उपभोक्ता मञ्चले त्यसको विरोध गरेको छ। मञ्चले सरकारको गत मंगलबारको निर्णयले चिनीको आयातमा साबिकमा लाग्दै आएको भन्सार महशुलमा शतप्रतिशत वृद्धि गरी ३० प्रतिशत पु¥याएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएसँगै स्वदेशी चिनी उद्योगहरूले अन्तर्राष्ट्रिय बजारको चिनीसँग प्रतिस्पर्धा गर्न नसकी धरासयी हुने अवस्था आएको भन्दै चिनी उद्योगीहरूले निरन्तर दबाब दिएपपछि सरकारले चिनीको भन्सार शुल्क बढाउने निर्णय गरेको थियो।

तर, नेपालभित्र उत्पादित चिनीले कुल मागको ४० प्रतिशतमात्रै धान्दै आएको अवस्थामा भन्सार शुल्क बढाउँदा केही व्यापारीले ठूलो परिमाणमा भारतबाट चिनी चोरी पैठारी गर्ने गरेको र जसबाट राजस्व गुम्नुको साथै अबैध धन्दा गर्नेहरूले अखाद्य चिनी समेत बजारमा बिक्री वितरण गर्ने गरेको घटना सार्वजनिक भएपछि मञ्चले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। छिमेकी मुलुक भारत र पाकिस्तानलगायत विश्वबजारमा अहिले चिनीको मूल्य घटने क्रममा रहेको छ। प्रतिक्विन्टल ३२ अमेरिकी डलरमा पाउने चिनी नेपाली बजारमा खुद्रा मूल्य अहिले ९५ देखि सय रुपियाँ प्रतिकिलो परिरहेको छ।

अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मान्दा नेपाली बजारमा प्रतिकिलो अधिकतम् ६५ देखि ७० रुपियाँमा पाउनुपर्ने भए पनि सर्वसाधारण उपभोक्ताले ३० देखि ३५ रुपियाँं बढी मूल्य तिरीरहेका छन्। यस्तो अवस्थामा सरकारले गरेको भन्सार महशुल वृद्धिको निर्णय उपभोक्ता हित विपरित रहेको मञ्चले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्