दीपक मनाङे पक्राउ



काठमाडौं, (नेस)
स्वतन्त्र रूपमा मनाङको प्रदेशसभा ‘क’बाट निर्वाचत दीपक मनाङे (राजीव गुरुङ)लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको खोजीको सँचीमा रहेका प्रदेश सभासद मनाङेलाई स्वयम्भँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। चर्चित डन चक्रे मिलनमाथि आक्रमण गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका मनाङे केही समयदेखि फरार भएका थिए। नेकपा (एमाले)ले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।

प्रतिक्रिया दिनुहोस्