निशा र बालकृष्णको सालैजो भिडियोमा



गायिका निशा गुरुङ र बालकृष्ण परियारको स्वरमा रहेको निरमायाले गाउँ छोड्यो बोलको सालैजो गीतको म्युजिक भिडियो तयार भएको छ।
काठमाडौंको धर्मस्थलीस्थित सुन्दर र मनोरम डाँडामा छायांकन गरिएको यो गीतमा रमेश बीजीको शब्द र बालकृष्ण परियारको लय रहेको छ भने एरेन्जमेन्ट विनोद बाजुरालीले गरेका छन्। निर्भाना कला केन्द्र प्रालिले तयार पारेको भीडियोमा याम गुरुङ, खेम गुरुङ, चित्रा पुन, र सीमा गुरुङले अभिनय गरेका छन्। याम गुरुङको कोरियोग्राफी र निशा गुरुङको निर्माणमा तयार पारिएको म्युजिक भिडियोको छायांकन वासु बरालले गरेका छन् भने सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन्।


जति व्यापार बढ्यो, त्यति शेयर घट्योः मह सञ्चारद्वारा निर्मित फिल्म शत्रु गते चौथो सातामा समेत केही हलमा हाउसफुका साथ चलिरहेको छ। तर, व्यापार बढे पनि यसको निर्माता पाउने शेयर घटेर ३० प्रतिशतमा झरको छ।

प्रतिक्रिया दिनुहोस्