प्यूठानको सरुमारानी गाउँपालिकामा आगलागी, थप विवरण आउँदै



प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका ६ ठाडिओडारमा भिषण आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म ५ घर जलेर नष्ट भईसकेको घटनास्थलबाट समाचारपत्रकर्मी सलिम अन्सारीले जानकारी दिएका छन । ७५ बर्षिया बृद्ध रेउत बहादुर थापा बेपत्ता भएको खबर छ ।

अहीले सम्म ५ घर परिवारमा चालीस बढीको बिचल्ली भईसकेको छ । पछिल्लो अपडेट अनुसार ५० लाख बढिको नोक्सानी भएको बताइएको छ । आगलागी पिडितको शरिरमा लगाएको कपडा बाहेक अरु सबै आगोले सखाप भएको छ ।

आगोमा परेर दुई दर्जन बढी पशुचौपाया जलेर मरेका छन । गाउँभरीका सबै स्थानिय गाउँमा आउने कुलो मर्मत गर्न श्रमदानमा (झारामा) गएका बेला अपरान्ह ४ बजे तिर आगलागी भएको हो । सरुमारानी गाउपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्मा, बिपत ब्याबस्थान समितीका संयोजक मोहम्मद हलिम, सरुमारानी ४ अध्यक्ष चिन्तबहादुर सोमै र न्पाल प्रहरीको टोली घटनास्थलमै छ ।

यसैबीच गाउपालिकाले राहत उपलब्ध गराउने तयारी गरेको छ । आगोलागी पिडित सबै परिवारलाई खाद्यान्न, कपडा र नगद सहित १५/१५ हजार उपलब्ध गराउने अध्यक्ष झग बहादुर बिश्वकर्माले समाचारपत्रलाई बताएका छन ।

प्रतिक्रिया दिनुहोस्