राष्ट्रिय फुटबल खेलाडी चाेरी काण्डमा समातिए



काठमाडौं । ‘ए डिभिजन’ क्लबबाट राष्ट्रिय लिगलगायत थुप्रै प्रतियोगिता खेलेका दिपेश श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका छन् महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले काठमाडौं–६ रेम्बोडाँडाबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलका अनुसार दिपेशको साथबाट चोरीका मोबाइल र ल्यापटप बरामद भएको छ ।

 

सुवास भनिने उनका साथी पनि उनीसँगै पक्राउ परेका छन् । उनीहरुले ती सामान थ्री अनलाइन र फेसबुकमार्फत बिक्री गर्दैै आएको प्रहरीको दाबी छ ।

 

आरोपित श्रेष्ठले नेपाल पुलिस, सरस्वती र हिमालयन शेर्पा क्लबाट विभिन्न खेल खेलिसकेका छन् प्रहरीले रेम्बोडाँडामा रहेको श्रेष्ठको डेराबाट ३३ थान चोरीका मोबाइल, आई प्याड २ थान, पावर बैंक ३ थान, सोनी कम्पनीको टेलिभिजन १ थान, साइन कम्पनीको कम्युटरको मनिटर १ थान र दुई थान डिजिटल क्यामेरा बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्