ओली–प्रचण्डबीच साढे दुई घण्टा ‘वान टू वान’ वार्ता सकारात्मक



काठमाडौं  । पार्टी एकताका लागि टुङ्ग्याउन बाँकी विषयमा सहमति जुटाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको छ ।

 

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे वार्तामा नेताद्वयबीच साढे दुई घण्टा बहस भएको जनाइएकाे छ ।

 

वार्ता सकारात्मक भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

 

मंगलवार बसेको दुई पार्टीको एकता संयोजन समितिको बैठकले मिल्न नसकेका बिषयमा सहमति गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

 

एकतापछि बन्ने कमिटिमा माओवादी केन्द्रले ५० प्रतिशत हिस्सा दावी गरेपछि वैशाख ९ गते पार्टी एकता गर्ने प्रयास विफल भएको छ

प्रतिक्रिया दिनुहोस्