सुन चाँदीकाे मूल्य अाज साताकै उच्च



काठमाडौँ । सातकाे पाँचाै दिन बिहिबार अाज सुन चाँदीकाे मूल्य याे साताकै उच्च रहेकाे छ । छापावाला सुनकाे मूल्य अाज ३ सय रूपैयाँले बढेर ५९ हजार ३ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुनकाे मूल्य ५९ हजार थियाे । साेमबार र मंगलबार छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज तेजावी सुनको मुल्य तोलाकाे ५९ सय रुपैयामा कायम रहेको छ । यो मुल्य यस साताकै महँगो हो। चैत्रको अन्तिम सातादेखि सुनचाँदीको मुल्य घटबढ भइरहेकाे महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले बढेको छ। आज चाँदीको मुल्य प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्